+
+
Shares

अपडेट : हुम्लाको तिल गाउँमा आएको बाढीले ४ काठेपुल बगायो

घट्ट, कुलो, स्तुपा र उवामा पनि क्षति

घटनास्थलमा सुनखानी प्रहरीचौकीबाट ५ जनाको टोली गएर क्षतिको विवरण संकलन गरेर ल्याइएको डिएसपी पोखरेलले बताए ।

नरजन तामाङ नरजन तामाङ
२०८२ साउन १४ गते १४:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँ नजिकको खोलामा आएको बाढीले चार वटा काठेपुल बगाएको छ।
  • बाढीले तिल गाउँ जोड्ने काठेपुल, पानी घट्ट, सार्वजनिक कुलो र बुद्धको स्तुपामा क्षति पुगेको छ।
  • साउन १२ गते दिउँसो चार बजेतिर आएको बाढीले खेतबारीमा रोपिएको उवामा पनि क्षति पुर्‍याएको छ।

१४ साउन, हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँ नजिकको खोलामा आएको बाढीले चार वटा काठेपुल बगाएको छ ।

बाढीले तिल गाउँ जोड्ने ४ वटा काठेपुल, पानी घट्ट, सार्वजनिक कुलो र खोला छेउमा रहेको बुद्धको स्तुपामा क्षति भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलले बताए ।

खेतबारीमा रोपिएको उवामा पनि क्षति पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । साउन १२ गते दिउँसो चार बजेतिर हुम्लाको तिल गाउँमा एक्कासी बाढी आएको थियो ।

घटनास्थलमा सुनखानी प्रहरीचौकीबाट ५ जनाको टोली गएर क्षतिको विवरण संकलन गरेर ल्याइएको डिएसपी पोखरेलले बताए ।

प्रहरी टोलीसँग स्थानीयले गुन्छुसा खोलामा आएको बाढीले क्षति पुगेको बताएका थिए । क्षतिको सम्पूर्ण विवरण आउन भने बाँकी नै रहेको डिएसपी पोखरेलले बताए ।

हुम्लाको तिलगाउँमै गत जेठ १ गते पनि बाढी आउँदा क्षति पुगेको थियो । त्यतिबेला गाउँको सिरानमा रहेका हिमतालको पानी चुहिएर बाढी आएको विज्ञ टोलीले निष्कर्ष निकालेको थियो ।

लेखक
नरजन तामाङ

तामाङ हुम्लाबाट पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?