 
																			१५ साउन, काठमाडौं । स्थानीय बजारमा निगुरोको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार बिहीबार निगुरोको भाउ बढेको हो ।
निगुरोको भाउ आज थोकमा प्रतिकिलो १० रुपैयाँ बढेको छ । बुधबार निगुरोको भाउ थोकमा प्रतिकिलो न्यूनतम ७० देखि अधिकतम ८० रुपैयाँमा किनबेच भएको थियो । आज बिहीबार भने यसको भाउ किलोमा न्यूनतम ८० देखि अधिकतम ९० रुपैयाँ कायम छ ।
असार पहिलो साता बजारमा निगुरो प्रतिकिलो थोकमा २० देखि ३० रुपैयाँसम्म किनबेच भएको थियो । यस्तै २२ असार भने निगुरो थोकमा प्रतिकिलो ८० देखि १ सय रुपैयाँमा किनबेच भएको थियो । बीचमा २० देखि ३० रुपैयाँसम्म निगुरोको मूल्य घटेकामा अहिले फेरि बढ्न थालेको हो ।
अहिले निगुरोको सिजन सकिएकाले मूल्य बढ्न थालेको व्यवसायीहरू बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4