 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- लोक सञ्चारकर्मी नेपालले जमलस्थित नाचघरमा १४ मौलिक तीजगीतको सामूहिक पोस्टर र भिडियो विमोचन गरेको छ।
- सांसद सोविता गौतमले गीतसंगीतमा मौलिकता कायम राख्न सर्जकलाई आग्रह गर्दै १४ गीतलाई बधाई दिइन्।
- वरिष्ठ लोकगायिका लक्ष्मी न्यौपानेलाई लोकगायनमा योगदान पुर्याएको भन्दै सम्मान प्रदान गरिएको छ।
काठमाण्डौं । लोक सञ्चारकर्मी नेपालको आयोजनामा एउटै मञ्चमा १४ मौलिक तीजगीत सार्वजनिक भएको छ । जमलस्थित नाचघरमा आयोजित सामूहिक तीज गीत विमोचन समारोहमा एकैसाथ ती गीतका पोस्टर र भिडियो विमोचन गरिएको हो ।
सांसद सोविता गौतम, आयोजक संस्थाका अध्यक्ष चन्द्रमणी गौतम, संस्थापक अध्यक्ष गोबिन्द गिरी, कलाकार गायक राजु परियार, घमेश दुलाल, बद्री पंगेनी, प्रकाश कटुवाल, लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ, सीता थापा, टीका पुन, मन्जु थापाले सामूहिक विमोचन गरे ।
विमोचन हुने गीतमा भगवान भण्डारीको ‘धनमाया मनमाया’, विशाल महरको ‘तीज मनाउँछौं’, भीमसेन खतिवडाको ‘यो तीजमा भाइरल हुनी हो’, भीमकुमार ओझाको ‘नौगेडी’, कस्तुप पन्तको ‘पापी तीज भाग २, सचिन भट्टराईको ‘जय जय शिव भोला’ छन् ।
साथै, खुश्बु सुनारको ‘ए आमा’, यामप्रसाद निउरेको चोली फाटेको’, गोविन्द पौडेलको ‘माछा मासु केही खाँदिन’, मुना सुवेदी तिवारीको ‘मेरो त देशै माइती भयो, माया पार्दे को चाहिदैन रानी हार’, मदन ढकालको माइतीको दैलो, विजय अनुरागी ए मैया, सन्जु न्यौपानेको निलो आकाशैमा बादलु छन् ।
प्रमुख अतिथि सांसद गौतमले गीतसंगीतमा विकृति, विसंगति बढ्नु चिन्ताजनक विषय भएको भन्दै नेपालको मौलिकता देखाउने काम नै गीत संगीतले गर्ने भएकाले सम्पूर्ण सर्जकलाई मौलिकतामा ध्यान दिन आग्रह गरिन् ।
‘पछिल्लो समय भ्यूजका लागी पनि गीत केन्द्रित छन् । दीर्घकालिन सोचेर सर्जक आफैले ध्यान दिनुपर्ने हुन्छ’ गौतमले भनिन्, ‘सेन्सर बोर्डको चर्चा पनि धेरै कलाकारले गर्दै आउनुभएको छ । तर कसैको बन्धनमा रहनुभन्दा सर्जक आफैले संवेदनशील भएर उत्तरदायी भइयो भने धेरै राम्रो हुन्छ ।’

सांसद गौतमले विमोचन भएका १४ गीतलाई बधाई दिइन् । वरिष्ठ लोकगायिका लक्ष्मी न्यौपानेलाई लोकगायनको क्षेत्रमा योगदान पुर्याएको भन्दै मौलिक गायन सम्मान प्रदान गरियो । सम्मान ग्रहण गर्दै गायिका न्यौपानेले खुसी व्यक्त गरिन ।
मौलिक गायनलाई आफूले सँधै आत्मसात गर्ने उनको भनाइ छ । भन्छिन्, ‘धेरैबाट समय परिवर्तनसँग परिवर्तन हुनुपर्छ भन्ने कुरा सुनिन्छ । हो, परिवर्तन हुनुपर्छ तर लोक, मौलिकपनलाई परिवर्तन गर्नुहुँदैन ।’
गायक परियारले गीत सिर्जना गर्ने क्रममा सर्जकले लोकरसलाई भुल्न नहुने बताए । उनले लोक भएकैले संस्कृतिको अस्तित्व रहेको, संस्कृति भएकाले लोकसंस्कृति र लोकगीत रहेको बताए ।
राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष गायक प्रकाश कटुवालले गीतसंगीतकै कारण कलाकार साइवर ब्यूरोसम्म पुग्ने स्थिती नआओस् भन्दै सबै कलाकारलाई अश्लिलतामा भन्दा मौलिकतामा जोड दिन आग्रह गरे ।
समारोहमा बद्री पंगेनी, शर्मिला गुरुङ, मन्जु थापा लगायतले पछिल्लो समयका गीतमामा मौलिकता हराउँदै गएको र सर्जकले ध्यान दिनुपर्ने धारणा राखे ।
अध्यक्ष गौतमले राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले मौलिक गीत निर्माण गर्ने कलाकर्मीलाई हौसला प्रदान गर्न गीत छनोट गरेर १४ मौलिक तीज गीतलाई सामूहिक विमोचन गरिएको बताए ।
आगामी दिनमा संस्थाले मौलिकताका लागी थप विभिन्न कार्यक्रम गर्दैजाने जानकारी दिए । उनले भने, ‘कतिपय कलाकर्मीले समाजमा अपाच्य गीत सार्वजनिक गरेका कारण प्रशासनलाई त्यस्ता कुरामा ध्यान दिन आग्रह गरेका छौं, त्यसैले गृहमन्त्रालयसम्म पुगेका हौं । यो हाम्रो दायित्व पनि हो ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4