
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'जारी २' संविधान दिवस असोज ३ गतेदेखि विश्वभर रिलिज हुने भएको छ।
- निर्माताले शुक्रबार पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको जानकारी दिएका छन्।
काठमाडौं । प्रतीक्षित फिल्म ‘जारी २’ संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि विश्वभर रिलिज हुने भएको छ ।
निर्माताले शुक्रबार पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेका हुन् ।
उपेन्द्र सुब्बा निर्देशित यो फिल्मको दोस्रो श्रृंखलाको नाम ‘सङ अफ च्याब्रुङ’ राखिएको छ । सन् २०२३ मा रिलिज भएको सुपरहिट फिल्म ‘जारी’ले बक्सअफिसमा १७ करोडभन्दा धेरै कमाइ गरेको थियो ।
निर्माताले सोही फिल्मको दोस्रो श्रृंखला दर्शकमाझ ल्याउन लागेका हुन् ।
दयाहाङ राई, मिरुना मगर, विजय बरालको शीर्ष भूमिका रहेको यो फिल्मलाई बाँसुरी फिल्म्सले निर्माण गरेको हो । लेखन तथा निर्देशन सुब्बाको छ ।
रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ यो फिल्मका निर्माता हुन् ।
यसअघि अनलाइनखबरसँग कुरा गर्दै अभिनेत्री मगरले दोस्रो श्रृंखला उत्कृष्ट बनेको बताएकी थिइन् । पूर्वी नेपालको लिम्बु समुदायको जारी प्रथाको कथावस्तुमा फिल्म बनेको हो ।
निर्माता रामबाबु गुरुङका अनुसार दशैंपछि ‘कबड्डी ५’ छायांकन हुनेछ । बाँसुरी फिल्म्सका जारी र कबड्डी दुबै श्रृंखला बक्सअफिसमा निकै हिट छन् ।
प्रतिक्रिया 4