
News Summary
Generated by OK AI. Editorially reviewed.- इस्लिङ्टन कलेजले २ सय ६१ उत्कृष्ट विद्यार्थीलाई ७ करोड रुपैयाँ बराबरको \'एएए\' छात्रवृत्ति प्रदान गरेको छ।
- छात्रवृत्तिको उद्देश्य प्राज्ञिकता, उपस्थिति र आचरणलाई एकसाथ बाँधेर विद्यार्थीलाई शैक्षिक शुल्कमा शतप्रतिशत छुट दिनु हो।
- छात्रवृत्ति पाउने विद्यार्थीहरूको सम्मान समारोहमा इनोभेट नेपाल ग्रुपका अध्यक्ष सुलभ बुढाथोकीले पुरस्कार प्रदान गरे।
१६ साउन, काठमाडौं । इस्लिङ्टन कलेजले २ सय ६१ उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
‘एएए’ छात्रवृत्ति समारोह २०२५ आयोजना गर्दै यस शैक्षिक सत्रमा प्राज्ञिक, अनुशासन र सहभागिताका क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल ती विद्यार्थीलाई पुरस्कृत गरिएको कलेजले जनाएको छ ।
प्राज्ञिकता, उपस्थिति र हाजिरी तथा आचरण एकै सूत्रमा बाँध्ने यस ‘एएए’ छात्रवृत्तिको उद्देश्य शैक्षिक शुल्कमा शतप्रतिशत छात्रवृत्ति मार्फत विद्यार्थीहरूलाई शैक्षिक सत्रभरि उत्कृष्ट अध्ययन गर्न प्रोत्साहित गर्नु रहेको कलेजको भनाइ छ ।
लगभग ७ करोड रुपैयाँ पुरस्कार राशीको यस छात्रवृत्तिका लागि प्राज्ञिक तथा अन्य सम्बन्धित सदस्यले योग्यताका आधारमा २ सय ६१ उत्कृष्ट विद्यार्थी छनोट गरेका थिए ।
छात्रवृत्ति पाउने विद्यार्थीहरूको सम्मानमा आयोजित एक समारोहमा इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले पुरस्कार प्रदान गरेका थिए ।
प्रतिक्रिया 4