
१६ साउन, काठमाडौं । नेपाल मिडिया सोसाइटीको अध्यक्षमा मदन लम्साल (आर्थिक अभियान) चयन भएका छन् । यसअघि सोसाइटीको अध्यक्षमा शुभशंकर कँडेल (एबीसी टिभी) थिए । जो कार्यसमितिमा निवर्तमान अध्यक्षको रूपमा रहनेछन् ।
काठमाडौंको होटल याक एन्ड यतिमा सम्पन्न २२औं वार्षिक साधारण सभाबाट उपाध्यक्षहरूमा धर्मराज भुसाल (हिमालय टिभी) र महेश स्वाँर (कान्तिपुर दैनिक), महासचिवमा बोधराज त्रिपाठी (सौर्य दैनिक), सचिवमा नवराज कुँवर (बुटवल टुडे दैनिक), कोषाध्यक्षमा जनक पन्त (टिभी टुडे) चयन भएका छन् ।
यसैगरी सदस्यहरूमा डा. बालकृष्ण चापागाईं (दैनिक पत्र दैनिक), निकिता पौडेल (गोपीकृष्ण टिभी फिल्मी), विनोद पौडेल (मिसन टुडे), सुरेन्द्रबहादुर सिंह (गौरीशंकर टिभी) र राजन पोखरेल (द हिमालयन टाइम्स) चयन भएका छन् ।
नयाँ कार्यसमितिको कार्यकाल चार वर्ष (२०८२–२०८५) अवधिको हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4