+
+
Shares

यी हुन् ‘भ्वाइस किड्स’ चौथो सिजनका ८ जना फाइनलिस्ट

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १८ गते १२:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टिभी रियालिटी शो ‘भ्वाइस किड्स’को चौथो सिजनले ८ जना फाइनलिस्ट प्राप्त गरेको छ।
  • प्रत्येक कोचको समूहबाट २/२ जना फाइनलिस्ट छनोट भएका छन्।
  • शनिबार राती ८ बजेसम्म भोटिङ खुला रहनेछ र सर्वाधिक भोट ल्याउनेले उपाधि जित्नेछ।

काठमाडौं । टिभी रियालिटी शो ‘भ्वाइस किड्स’को चौथो सिजनले ८ जना फाइनलिस्ट प्राप्त गरेको छ ।

प्रत्येक कोचको समूहमा २/२ जना फाइनलिस्ट छनोट भएका छन् । आगामी शनिबार कुनै एकले उपाधि उचाल्नेछ ।

कोच खेम सेन्चुरीको समूहबाट दिलिजा रुवाली र आदर्श धिताल अन्तिम आठमा प्रवेश गरेका छन् ।

कोच मेलिना राईको समूहमा सोनाली राजभण्डारी र नोरेन लोय क्षेत्री फाइनलिस्ट छन् । कोच सत्यराज आचार्यको टिमबाट रिदम खड्का र स्मयन बजगाइँ फाइनलिस्ट बनेका छन् ।

कोच मिलन नेवारको समूहबाट आयन राई र निश्चल लिम्बु फाइनलिस्ट बने । शनिबार हुने फिनाले एपिसोडमा सर्वाधिक भोट ल्याउने कुनै एकले उपाधि जित्नेछ ।

शनिबार राती ८ बजेसम्म भोटिङ खुला हुनेछ । शुक्रबार पनि ‘रोड टु फिनाले’ एपिसोड प्रसारण हुनेछ जसमा प्रतिस्पर्धीले सांगीतिक प्रस्तुति दिनेदेखि भोट माग्ने सम्मका गतिविधि हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?