+
+
Shares

‘मिस नेपाल नर्थ अमेरिका २०२५’को उपाधि दीया श्रेष्ठलाई

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १८ गते १३:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दीया श्रेष्ठले न्यूयोर्कमा भएको मिस नेपाल नर्थ अमेरिका २०२५ को उपाधि जितेकी छन्।
  • दीयाले अर्को वर्ष हुने मिस नेपालमा सीधै प्रवेश पाउने अवसर पाएकी छिन् र नेपाल पर्यटन बोर्डको सद्भावना दूत बन्नेछिन्।
  • प्रतियोगितामा १९ जना सुन्दरीले भाग लिएका थिए र फिनाले न्यूयोर्कको क्वीन्सस्थित मेलरोज बलरुममा सम्पन्न भएको थियो।

न्यूयोर्क (अमेरिका) । ‘मिस नेपाल नर्थ अमेरिका २०२५’को उपाधि दीया श्रेष्ठले जितेकी छन् ।

नेपाली समयानुसार शनिबार राती भएको ग्राण्ड फिनालेमा न्यूयोर्क निवासी श्रेष्ठले ८ औं संस्करणको प्रतियोगिताको उपाधि हात पारेकी हुन् ।

टेनेसी राज्यकी कृष्मा सुवेदी पहिलो उपविजेता र टेक्सास राज्यकी आर्या कोइराला दोस्रो उपविजेता घोषित भए ।

उपाधि जितेसँगै दीयाले अर्को वर्ष हुने मिस नेपालमा सीधै प्रवेश पाउने अवसर पाएकी छिन् भने नेपाल पर्यटन बोर्डको सद्भावना दूत समेत उनी बन्नेछिन् । यसबाहेक अन्य अवसर पनि उनले पाएकी छन् ।

उपाधिका लागि विभिन्न अमेरिकी राज्यबाट प्रतिनिधित्व गर्ने १९ जना सुन्दरीले प्रतिस्पर्धा गरेका थिए । कलाकार प्रदीप खड्का, आँचल शर्मा, अनुपविक्रम शाही, पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ, सामाजिक संस्था स्नेह केयरकी संस्थापक स्नेहा श्रेष्ठ जजको रुपमा थिए ।

न्यूयोर्कको क्वीन्सस्थित मेलरोज बलरुममा फिनाले आयोजना गरिएको थियो । आयोजक संस्था ड्रीम्स युनिभर्सलका प्रमुख शैलेन्द्र श्रेष्ठले प्रतियोगिता उत्साहजनक ढंगले सम्पन्न भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?