+
+
Shares

बैंकिङ कसुर मुद्दाका अभियुक्त पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १९ गते १३:५३

१९ साउन, काठमाडौं । बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका–१ गागालफेदी बस्ने ललितपुर महालक्ष्मी नगरपालिका–५ लुभु घर भएका ६० वर्षीय जनक राउत र भक्तपुर चुँनारायण नगरपालिका–७ कमलविनायक बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका–१ घर भएका ३५ वर्षीय गणेश तामाङ रहेका छन् ।

उच्च अदालत पाटनको २०७५ असार २४ गतेको फैसलाले उक्त मुद्दामा २५ लाख रूपैयाँ जरिवाना र १ महिना कैद सजाय ठहर भएकोमा उक्त फैसला उपर पुनरावेदन परी सर्वोच्च अदालतबाट २०८१ असार २४ गते सुरू अदालतको फैसला सदर हुने ठहर गरी फैसला भएको थियो ।

त्यसपछि फरार रहेका उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको पक्राउ गरेको हो । जनकलाई गोकर्णेश्वर नगरपालिका–१ वीपी चोकबाट पक्राउ गरेको हो ।

साथै सोही मुद्दामा जिल्ला अदालत ललितपुरबाट पक्राउ अनुमति प्राप्त भई फरार रहेका गणेशलाई भक्तपुर नगरपालिका–१० बाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउमध्ये जनकलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ भने गणेशलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?