
१९ साउन, काठमाडौं । ७८ लाख रुपैयाँ भन्दा बढीको अवैध अभौतिक मुद्रा क्रिप्टोको कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१६ चिसापानी घर भएका २१ वर्षीय सुशान्त दाहाल छन् । उनले ७८ लाख ३० हजार ३८८ रुपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको प्रहरीले बताएको छ ।
पक्राउ परेका दाहाल विरुद्ध अभौतिक मुद्रा कारोबार गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुलदीप चन्दले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4