+
+
Shares

यमनमा आप्रवासी बोकेको डुंगा डुब्दा ६८ जनाको मृत्यु   

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १९ गते १५:१४
Photo Credit : गेट्टी चित्रहरू

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यमनमा आप्रवासी बोकेको डुंगा दुर्घटनामा कम्तीमा ६८ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकायले सोमबार जनाएको छ।
  • डुंगामा सवार १५७ मध्ये १२ जनालाई उद्धार गरिएको र बेपत्ता व्यक्तिहरूको खोजीकार्य जारी रहेको अन्तराष्ट्रिय आप्रवासन सङ्गठनले बताएको छ।
  • सन् २०१४ देखि यमनमा युद्धको कारण हजारौँ आप्रवासीहरू रेड सी मार्ग हुँदै खाडी देशहरूमा पुग्ने प्रयासमा छन् र दुर्व्यवहार भोगिरहेका छन्।

काठमाडौं । यमनमा आप्रवासी बोकेको डुंगा दुर्घटना हुँदा कम्तीमा ६८ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको आप्रवासनमामिला हेर्ने निकायले सोमबार जनाएको छ । राष्ट्रसङ्घीय निकायका अनुसार डुंगामा अधिकांश इथियोपियालीहरू थिए भने डुंगा डुबेपछि दर्जनौँ अझै बेपत्ता छन् ।

हालसम्म डुंगामा सवार १५७ मध्ये ६८ जनाको मृत्यु हुनुका साथै १२ जनालाई उद्धार गरिएको तथा बेपत्ताहरूको खोजीकार्य जारी रहेको अन्तराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) अभियानका देशीय निर्देशक अब्दुसाट्टोर एसोभलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

यसअघि आइतबार दक्षिणी यमनको अब्यान प्रान्तको सुरक्षा स्रोतहरूले आप्रवासी बोकेको डुंगा दुर्घटना हुदाँ २७ जनाको मृत्यु भएको जनाएका थिए ।

सन् २०१४ देखि यमनमा चलिरहेको युद्धको कारण आप्रवासन समस्या बढेको जनाइएको छ । हजारौँले खाडी देशहरूमा पुग्ने आशामा जिबूटीबाट यमनसम्मको ‘पूर्वी मार्ग’ रेड सी पार गरेर जाने गर्छन् ।

प्रान्तको सुरक्षा निर्देशनालयले समेत यमनको अब्यानको तटमा डुबेको डुंगामा अधिकांश इथियोपियाली आप्रवासीहरू रहेको पुष्टि गरेको छ ।

आइतबार सुरक्षा बलले शवहरू निकाल्ने र जिवितहरुको उद्धार गर्ने अभियान चलाइरहेको बताएको थियो ।

गत महिना आप्रवासीहरूलाई बोकेको डुंगामा रेड सीमा तस्करहरूले आक्रमण गरेपछि कम्तिमा आठ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको आप्रवासन एजेन्सीले जनाएको छ ।

आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनका अनुसार दशौँ हजार आप्रवासीहरू यमनमा फसेका छन् र उनीहरूको यात्राको क्रममा दुर्व्यवहार र शोषणको सामना गरिरहेका छन् ।

गत वर्ष आईओएमले ‘रेड सी’ मार्गमा कम्तिमा ५५८ जनाको मृत्यु भएको रेकर्ड गरेको थियो, जसमा ४६२ जनाको मृत्यु डुंगा दुर्घटनाका कारण भएको मानिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?