+
+
Shares

दीपिकाको रिल्सलाई १ अर्ब ९० करोड पटक हेरियो, राख्यो विश्व रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २० गते १२:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री दीपिका पादुकोणले हलिउडको ‘वाक अफ फेम’ सम्मान प्राप्त गर्ने पहिलो भारतीय कलाकार बनेकी छिन्।
  • दीपिकाको एक इन्स्टाग्राम रिल्सलाई १ अर्ब ९० करोड पटक हेरिएको छ, जुन विश्व कीर्तिमान हो।
  • उनको सबैभन्दा धेरै हेरिएको रिल्स हिल्टन होटलमा बनाइएको हो र यसमा उनले हिल्टनसँग पेड पार्टनिरसिप गरेका छन्।

मुम्बई । अभिनेत्री दीपिका पादुकोण यो समयमा बलिउडकी सबैभन्दा चर्चित स्टार हुन् । दुई दशकदेखि सक्रिय उनी धेरै कमाउने मध्येकी अभिनेत्रीको सूचीमा सामेल छिन् ।

उनी हालै हलिउडको ‘वाक अफ फेम’ सम्मान प्राप्त गर्ने पहिलो भारतीय कलाकार बनिन् । यस्तोमा, उनले अर्को कीर्तिमान रचेकी छन् ।

उनको एक इन्स्टाग्राम रिल्सलाई १ अर्ब ९० करोड पटक हेरिएको छ, जुन विश्व कीर्तिमान हो । उनलाई इन्स्टाग्राममा मात्र ८ करोड जनाले पछ्याएका छन् ।

दीपिकाले यसअघि क्रिकेटर हार्दिक पाण्ड्याको १.६ बिलियन भ्यूजको रिल्स र फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डाको ५०३ मिलियन भ्यूज भएको रिल्सको कीर्तिमानलाई समेत उछिनेकी छन् ।

दीपिकाको सबैभन्दा धेरै हेरिएको हिल्टन होटलमा बनाइएको एक रिल्स हो । यो रिल्स निर्माणमा हिल्टन होटल र दीपिकाले पेड पार्टनिरसिप गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?