+
+
Shares

तारकेश्वर नगरपालिका–११ का अध्यक्ष बस्नेतसहित ११ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २० गते १४:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तारकेश्वर नगरपालिका–११ का अध्यक्ष कविराज बस्नेतसहित ११ जनालाई सीमा विवादपछि पक्राउ गरिएको छ।
  • शहरी विकास प्राधिकरणले खोला करिडोर विस्तारका लागि टेन्डर आयोजना गरेको थियो।
  • झडपमा एक जनाको टाउकामा चोट लागेपछि सरकारी वकिल कार्यालयमा उजुरी दर्ता गरिएको छ।

२० साउन, काठमाडौं । तारकेश्वर नगरपालिका–११ का अध्यक्ष कविराज बस्नेतसहित ११ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दका अनुसार ११ जनालाई पक्राउ गरिएको हो । उनीहरू पक्राउ पर्नुमा भने सीमा विवादपछिको स्थिति जोडिएको छ ।

शहरी विकास प्राधिकरणले खोला करिडोरको बाटो विस्तार गर्ने भन्दै टेन्डर आयोजना गरेको थियो । सो अनुसार ठेकेदारले काम अघि बढाएका थिए । काठमाडौं महानगरपालिका–१६ र तारकेश्वर–११ को सीमामा पर्ने उक्त करिडोर बनाउने क्रममा भने सीमा विवाद भएको थियो ।

सो क्रममा २३ असारमा झडप हुँदा एक जनाको टाउकामा चोट समेत लागेको थियो । चोट लागेका ती व्यक्तिले सरकारी वकिलको कार्यालयमा उजुरी दिएका थिए । सरकारी वकिल कार्यालयबाट आएको जाहेरी दर्ता गरेर अहिले अनुसन्धान अघि बढाइएको एसपी चन्दले बताए ।

१३ जनाविरुद्ध जाहेरी आए पनि दुई जनाको हकमा भने यकिन ठेगाना खुल्न नसकेकाले पक्राउ गर्न नसकिएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?