+
+
Shares

तोसिमाले कानूनमन्त्रीलाई सोधिन् : बहुविवाहलाई वैधता दिन लागेको हो ?

मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेकी कार्कीले पुरुषले कानूनीरुपमै बहुविवाह गर्न सक्नेगरी विद्यमान कानून गर्न संशोधन गर्न लागिएको हो ? भनेर प्रश्न गरेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २० गते २०:२९

२० साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले बहुविवाहलाई वैधता दिन लागिएको चर्चाबारे मन्त्रालयको ध्यानाकर्षण गराउँदै यसबारे प्रष्ट पार्न माग गरेकी छन् ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियालाई भेटेर पत्र बुझाउँदै सांसद कार्कीले यसबारे मन्त्रालयको स्पष्ट धारणा माग गरेकी हुन् ।

मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेकी कार्कीले पुरुषले कानूनीरुपमै बहुविवाह गर्न सक्नेगरी विद्यमान कानून संशोधन गर्न लागिएको हो ? भनेर प्रश्न गरेकी छन् ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १७५ ले बहुविवाहलाई दण्डनीय अपराध भनेर बर्जित गरेको विद्यमान अवस्थामा पुन: कानूननै संशोधन गर्न लागिएकोमा सांसद कार्कीको आपत्ति छ ।

जनमानसमा भ्रम फैलिएको भन्दै मन्त्रालयले यसबारे प्रष्ट पार्नुपर्ने भन्दै कार्कीले ४ प्रश्नको उत्तर माग गरेकी छन् ।

कार्कीले कानूनमन्त्रीसँग जवाफ माग राख्दै सोधेका ४ प्रश्न :

१. के हालसालै बहुविवाह सम्बन्धी कुनै कानूनी संशोधन प्रस्ताव, मस्यौदा वा छलफल मन्त्रालयमा चलिरहेको छ ? यदि छ भने सो मस्यौदाको उद्देश्य कानुनी आधार र नितिगत सोच के हो ? 

२. ‘बहुविवाहलाई फेरी कानुनले मान्यता दिन लागेको भन्ने चर्चा सत्य हो वा होइन भन्ने विषयमा मन्त्रालयको धारणा के छ ? 

३. यस्ता सूचना यदि गलत हुन भने तिनको खण्डन वा जनचेतनामूलक आधिकारिक वक्तव्य मन्त्रालयले जारी गर्ने योजना के  रहेको  छ ?

४. सो प्रक्रिया संविधान, अन्तर्राष्टिय , मानवअधिकार, सन्धि र महिला अधिकार सम्बन्धी प्रतिबद्धतासँग कसरी मेल खान्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?