+
+
Shares

एमाले कार्यबाहक अध्यक्षको नेतृत्वमा विधान महाधिवेशन हुने हलको निरीक्षण

अर्को महिना २०–२२ भदौमा एमालेले ललितपुरको गोदावरीस्थित सनराइज हलमा दोस्रो विधान महाधिवेशन गर्दैछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २२ गते १२:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले २०–२२ भदौमा ललितपुरको गोदावरीस्थित सनराइज हलमा दोस्रो विधान महाधिवेशन गर्ने तयारी गरेको छ।
  • एमाले कार्यबाहक अध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले बिहीबार उक्त हलको निरीक्षण गरेका छन्।
  • निरीक्षणपछि नेताहरुले हल व्यवस्थापन कार्य तीव्र पार्न व्यवस्थापन टीमलाई निर्देशन दिएका छन्।

२२ साउन, काठमाडौं। नेकपा एमालेका कार्यबाहक अध्यक्ष ईश्वर पोखरेल सहितका नेताहरुले विधान महाधिवेशन हुने हलको निरक्षण गरेका छन् ।

अर्को महिना २०–२२ भदौमा एमालेले ललितपुरको गोदावरीस्थित सनराइज हलमा दोस्रो विधान महाधिवेशन गर्दैछ । उक्त हलको निरीक्षण गर्न बिहीबार बिहान एमाले कार्यबाहक अध्यक्ष पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली लगायतको टोली पुगेको थियो ।

निरीक्षण पश्चात नेताहरुले हल व्यवस्थापन कार्यलाई तीव्र पार्न व्यवस्थापन कार्यमा खटिएका टीमलाई निर्देशन दिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?