
News Summary
Generated by OK AI. Editorially reviewed.- गायिका रेखा शाहले नयाँ तीज गीत \'मलाई क्या माया गर्छन् नि राजैले\' सार्वजनिक गरेकी छिन्।
- भिडियोमा अभिनेत्री नीति शाह र गायिका रेखा शाहको अभिनय रहेको छ
हिन्दू नारीहरूको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा यस वर्ष पनि गायिका रेखा शाहले तीज गीतको मर्मलाई समेटेर नयाँ गीत र म्युजिक भिडियो ‘मलाई क्या माया गर्छन् नि राजैले’ सार्वजनिक गरेकी छिन् ।
‘सिमसिमे पानीमा’ फेम्ड गायिका शाहको यस गीतमा पवन रानाभाटको शब्द, सङ्गीत, सङ्गीत संयोजन र मास्टरिङ रहेको छ भने सुनीलकुमार शर्मा (शर्माजी प्युठान) को शब्द रहेको छ ।
अभिनेत्री नीति शाह र गायिका रेखा शाहको अभिनय र नृत्य रहेको भिडियोलाई कोरियोग्राफर स्मृति तिमिल्सिनाले निर्देशन गरेकी हुन् ।रूपेश थापाको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको भिडियोले तीज गीतको गरिमालाई अझ बढाउनेमा गायिका शाह विश्वस्त छिन् ।
उनी भन्छिन्, ‘तीज गीतको आफ्नै सांस्कृतिक र साङ्गीतिक महत्त्व छ । विगतका गीतहरूजस्तै मौलिकतालाई मैले निरन्तरता दिएकी छु । स्रोता र दर्शकले अवश्य मन पराउनुहुनेछ ।’
अहिलेकी व्यस्त अभिनेत्री नीति शाहले राम्रो गीत भएकोले आफूले अभिनय गरेको बताइन् । उनले भनिन्, ‘रेखा दिज्यू हाम्री लिजेन्ड हुनुहुन्छ, उहाँको गीतमा अभिनय गर्न पाउँदा मलाई खुसी लागेको छ ।’
रेखा शाह फाउन्डेसनले निर्माण गरेको गीत र म्युजिक भिडियोलाई रेखा शाह युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
प्रतिक्रिया 4