
News Summary
Generated by OK AI. Editorially reviewed.- स्थानीय बजारमा हरियो धनियाँको थोक मूल्य बिहीबार प्रतिकिलो २० रुपैयाँ घटेर ३ सय २० रुपैयाँमा किनबेच भइरहेको छ।
- पुदिनाको थोक मूल्य बिहीबार प्रतिकिलो ३७ रुपैयाँ घटेर २ सय २८ रुपैयाँमा किनबेच भइरहेको छ।
- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारको मूल्य घटेको तथ्यांक सार्वजनिक गरेको छ।
२२ साउन, काठमाडौं । स्थानीय बजारमा हरियो धनियाँ र पुदिनाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले बिहीबार हरियो धनियाँ र पुदिनाको मूल्य घटेको देखाएको हो ।
बिहीबार धरियो धनियाँको मूल्य थोकमा प्रतिकिलो २० रुपैयाँ र पुदिनाको मूल्य थोकमा प्रतिकिलो ३७ रुपैयाँ घटेको हो । बुधबार पुदिनाको थोक मूल्य किलोको २ सय ६५ रुपैयाँ थियो ।आज बिहीबार भने पुदिना प्रतिकिलो २ सय २८ रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै हरियो धनियाँ हिजो बुधबार ३ सय ४० रुपैयाँमा किनबेच भएकामा आज ३ सय २० रुपैयाँमा किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4