
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय नाचघरमा सम्पन्न ‘मिस प्लस टु इन्टरनेसनल’ प्रतियोगितामा कर्मा लामा, आकृति पोखरेल र मुस्कान कुँवर तीन विजेता घोषित भएका छन्।
- मुस्कान कुँवरले ‘मिस प्लस टु नेपाल हेरिटेज’ र ‘पब्लिक च्वाइस’ दुवै उपाधि जितेकी छन्।
- प्रतियोगिता कक्षा १२ का विद्यार्थीको प्रतिभा निखार्न युभा इभेन्ट्सले आयोजना गरेको हो।
काठमाडौं । ‘मिस प्लस टु इन्टरनेसनल’मा तीन विजेता छानिएका छन् । आयोजित प्रतियोगितामा ‘मिस प्लस टु नेपाल वर्ल्ड’, ‘मिस प्लस टु नेपाल ग्लोवल’ र ‘मिस प्लस टु नेपाल हेरिटेज’ गरेर एकसाथ तीन विजेता छानिएका हुन् ।
राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगीतामा ‘मिस प्लस टु नेपाल वर्ल्ड’को ताज कर्मा लामाले जित्दा ‘मिस प्लस टु नेपाल ग्लोवल’ आकृति पोखरेल घोषित भइन् । प्रतियोगीतामा मुस्कान कुँवरले भने ‘मिस प्लस टु नेपाल हेरिटेज’को उपाधि जितिन् ।
सौन्दर्य, आत्मविश्वास, व्यक्तित्व र प्रतिभाको आधारमा विजेता छानिएको प्रतियोगीतामा हेरिटेज विजेता मुस्कान कुँवरले ‘पब्लिक च्वाइस’को उपाधि प्राप्त गरिन् ।
सङ्गीता रौनियार, प्रिया मानन्धर, बीएवा बस्नेत, राम केसी, विशाल गुरुङ, अनिला श्रेष्ठ, मनिषा डंगोल लगायतका निर्णायक रहेको प्रतियोगिता युभा इभेन्ट्सले आयोजना गरेको थियो । कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए ।
कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीको प्रतिभा निखार्दै उनीहरुको ब्यक्तित्व निखार्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको थियो ।
यो प्रतियोगिताको अघिल्ला संस्करणमा पनि थुप्रै प्रतिभाशाली अनुहार उदाएका छन् । जसमा सुप्रिया हमाल ठकुरी, आँचल शर्मा, प्रवेशिका अधिकारी र शिक्षा राणा छन् । आँचलले सन् २०१५ मा उपाधि जितेकी थिइन् ।
प्रतिक्रिया 4