+
+
Shares

टेक्सास इन्टरनेसनल कलेजको ‘टेक्सास आईओटी एक्जिबिट–भोल्युम १’ सम्पन्न

कार्यक्रममा सांसद थापाले विद्यार्थीहरूले तयार पारेका उत्कृष्ट परियोजनाको प्रशंसा गर्दै यस स्तरलाई कायम राख्न शुभकामना व्यक्त गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २३ गते १७:४२

काठमाडौं । टेक्सास इन्टरनेसनल कलेजले शुक्रबार ‘टेक्सास आईओटी एक्जिबिट–भोल्युम १’ प्रदर्शनी सम्पन्न गरेको छ ।

कार्यक्रमको सभापतित्व टेक्सास नेटवर्कका कार्यकारी अध्यक्ष भेषराज पोखरेलले गरेका थिए ।

कार्यक्रममा सांसद तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, विशेष अतिथि काठमाडौं महानगरपालिका–७ का अध्यक्ष विमल होडा तथा वडा नम्बर ८ का अध्यक्ष अस्मान संगत थिए ।

कार्यक्रममा सांसद थापाले विद्यार्थीहरूले तयार पारेका उत्कृष्ट परियोजनाको प्रशंसा गर्दै यस स्तरलाई कायम राख्न शुभकामना व्यक्त गरे ।

उनले उक्त परियोजना बंगलादेशमा हुने सम्मेलनमा पीएचडी स्कलरद्वारा प्रस्तुत हुने स्तरको भएको उल्लेख गरे ।

वडाध्यक्ष होडाले टेक्सास कलेज र यहाँका विद्यार्थीहरूले पछिल्ला वर्ष गरेका उल्लेखनीय प्रगतिको सह्राना गर्दै आफू १५ वर्षदेखि यस विकासको साक्षी रहेको स्मरण गरे ।

अर्का वडाध्यक्ष संगतले विद्यार्थीहरूको ऊर्जा र प्रतिभाले राष्ट्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै कलेज व्यवस्थापनलाई अझ प्रेरणादायी वातावरण सिर्जना गर्न आग्रह गरे ।

कलेजका प्रिन्सिपल श्यामसुन्दर श्रेष्ठले स्वागत मन्तव्य राखे भने प्रमुख तथा विशेष अतिथिलाई कलेजका प्रबन्ध निर्देशक जितेन्द्रकुमार बाखुले फूलको गुच्छा अर्पण गर्दै स्वागत गरे । यस प्रदर्शनीमा करिब ५ हजार विद्यार्थी तथा दर्शकले अवलोकन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?