+
+
Shares

स्ववियु अमृत क्याम्पसले आइटीको प्रवेश तयारी कक्षा नि:शुल्क गराउने

शैक्षिक वर्ष २०८२/२०८३ को लागि स्नातक तहमा बीएस्सी, सीएसाइटी, बीआईटीको प्रवेश परीक्षाको तयारी कक्षा नि:शुल्क गराउन लागेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २३ गते १९:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमृत साइन्स क्याम्पसको स्ववियुले शैक्षिक वर्ष २०८२/२०८३ को लागि आइटी प्रवेश तयारी कक्षा नि:शुल्क सञ्चालन गर्ने निर्णय गरेको छ।
  • स्ववियु अध्यक्ष रुद्रहरी पोखरेलले सीएसआईटीमा १४४ र बीआइटीमा ३६ सिट भएकाले दुई महिने तयारी कक्षा गरिने बताए।
  • स्ववियुले दुर्गम क्षेत्रका गरिब र जेहन्दार विद्यार्थीको लागि नि:शुल्क तयारी कक्षा सञ्चालन गरेको उनले खुलाए।

२३ साउन, काठमाडौं । अमृत साइन्स क्याम्पसको स्ववियुले आइटीको प्रवेश तयारी कक्षा नि:शुल्क गराउने भएको छ ।

शैक्षिक वर्ष २०८२/२०८३ को लागि स्नातक तहमा बीएस्सी, सीएसाइटी, बीआईटीको प्रवेश परीक्षाको तयारी कक्षा नि:शुल्क गराउन लागेको हो ।

सीएसआईटीमा १४४ र बीआइटीमा ३६ सिट भएकाले आइटी पढ्न चाहने विधार्थिहरुको लागि स्वतन्त्र विधार्थी युनियनले दुई महिने नि:शुल्क तयारी कक्षा सञ्चालन गरेको स्ववियु अध्यक्ष रुद्रहरी पोखरेलले बताए।

‘अस्कलमा विद्यार्थीहरुको आईटी पढने सपना र दुर्गम ठाउँबाट आएका ,गरिब तथा जेहन्दार बिद्यार्थीहरुको लागि तयारी कक्षा संचालन गरेका हौं।,’ उनले भने ।

हेर्नुहोस् अस्कल क्याम्पस स्ववियुको विज्ञप्ति : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?