+
+
Shares

सिड्नीमा नेपाली फिल्म ‘पीआर’को प्रिमियर

राजन घिमिरे राजन घिमिरे
२०८२ साउन २५ गते १२:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अष्ट्रेलियाको सिड्नीमा फिल्म 'पीआर' को रेडकार्पेट प्रिमियर शनिबार चार हलमा गरिएको छ।
  • निर्देशक शोभित बस्नेतले रेडकार्पेट प्रिमियरपछि 'सिड्नीमा रहनु हुने दर्शकले यो फिल्म मन पराउनुभएको छ' भने।
  • फिल्मले अष्ट्रेलियामा संघर्षरत नेपाली विद्यार्थीको दुःख र संघर्षको कथा प्रस्तुत गरेको निर्माता रञ्जित शाहले बताए।

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा शनिबार फिल्म ‘पीआर’को रेडकार्पेट प्रिमियर गरिएको छ । सिड्नीको हर्सभिलमा रहेको इभेन्ट र भी-म्याक्स हलमा रेड कार्पेट प्रिमियर गरिएको हो ।

एकसाथ ४ हलमा रेडकार्पेट प्रिमियर गरिएको हो । आइतबार सिड्नीको बरूउडमा रहेको इभेन्ट सिनेमामा थप प्रिमियर कार्यक्रम तय भएको छ ।

यही फिल्मको प्रदर्शनका लागि अहिले अष्ट्रेलियाको सिड्नी आइपुगेका निर्देशक शोभित बस्नेतले रेडकार्पेट प्रिमियरपछि अनलाइनखबरसँग भने, ‘सिड्नीमा रहनु हुने दर्शकले यो फिल्म मन पराउनुभएको छ । हामी निकै उत्साहित छौं । यति धेरै माया देखाउनुभएको कारण अन्य विशेष पनि गर्ने योजनामा छौं ।’

अष्ट्रेलियामा नै छायांकन गरिएको र त्यहाँ बसोबास गर्दै नेपाली कलाकारको अभिनय रहेको कारण पनि यो फिल्मको चर्चा यतिबेला राम्रो छ । स्थायी आवासीय अनुमतिपत्र पाउन नेपाली विद्यार्थीले गर्ने संघर्षको कथावस्तुमा फिल्म बनेको छ ।

निर्माता रञ्जित शाहले फिल्मले अष्ट्रेलियामा संघर्षरत युवायुवतीको दुःख र संघर्षको कथा पेश गरेकाले दर्शकले रुचाएको बताए ।

‘अस्ट्रेलिया आउन चाहने विद्यार्थीले एकपटक यहाँको यथास्थिति र वास्तविकता बुझ्न भए पनि फिल्म पीआर हेर्दा राम्रो हुन्छ सम्म हामी भन्न सक्छौं’ रञ्जिन भन्छन्, ‘फिल्म पीआर अस्ट्रेलियामा रहेको नेपाली समाजको चित्रण हो ।’

लेखक
राजन घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?