News Summary
Generated by OK AI. Editorially reviewed.- नासा सेक्युरिटिजले नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजन गरेको छ।
- नेपाल क्रिकेट संघ र नासा सेक्युरिटिजबीच आइतबार जर्सी प्रायोजन सम्झौता भएको हो।
- सम्झौतामा क्यान अध्यक्ष चतुर बहादुर चन्द र नासा सेक्युरिटिजका म्यानेजिङ डिरेक्टर मदन पौडेलले हस्ताक्षर गरे।
२५ साउन, काठमाडौं । नासा सेक्युरिटिजले नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजन गरेको छ । जर्सी प्रायोजन सम्बन्धी आइतबार नेपाल क्रिकेट संघ (क्यान) र नासा सेक्युरिटिजबीच सम्झाैता भएको हो ।
अब नेपालको जर्सीमा नासा सेक्युरिटिजको लोगो राखिएको छ । कार्यक्रममा नेपाल राष्ट्रिय क्रिकेटको नयाँ जर्सी समेत लन्च गरिएको थियो ।
राखेप सदस्य सचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुर बहादुर चन्द र नासा सेक्युरिटिजका म्यानेजिङ डिरेक्टर मदन पाैडेलले संयुक्त रूपमा जर्सी अनावरण गरे ।
सम्झाैतामा क्यानका अध्यक्ष चतुर बहादुर चन्द र नासा सेक्युरिटिजका म्यानेजिङ डिरेक्टर मदन पाैडेलले हस्ताक्षर गरे ।
सम्झौतापछि क्यान अध्यक्ष चतुर बहादुर चन्दले नेपाली क्रिकेटमा नयाँ बजारको सुरुवात भएको बताए । ‘एउटा नयाँ मार्केट खेलकुद क्षेत्रका लागि खुला भएको छ । पहिलो पटक सेयर मार्केट कम्पनीले नेपाली क्रिकेटलाई अगाडि बढाउन हामीसँग हातेमालो गरेर शुभारम्भ गरेको छ, त्यसका लागि धन्यवाद ।’ अध्यक्ष चन्दले भने ।
यस्तै नासा सेक्युरिटिजका म्यानेजिङ डिरेक्टर मदन पाैडेलले यो सहकार्यका लागि क्यानलाई धन्यवाद दिँदै यो सहकार्यको सुरुवात भएको र खेलाडीहरुका लागि नयाँ अवसर प्रदान गर्ने र देशभरका क्रिकेटर जोड्न पहल गर्ने बताए ।
क्यानका सचिव पारस खड्काले बिडिङ प्रक्रियाबाट नासा छनोट भएको बताउँदै हरेक वर्ष २ करोड ३६ लाख रुपैयाँ हुनेगरी ३ वर्षे सम्झौता गरिएको जानकारी दिए ।
उनले यो ऐतिहासिक सम्झौता भएको समेत बताए ।
प्रतिक्रिया 4