
News Summary
Generated by OK AI. Editorially reviewed.- लालपुर्जा नेपाल प्रालिको आयोजनामा भएको लालपुर्जा प्रोपर्टी एक्सपो सफलतापूर्वक सम्पन्न भएको छ।
- एक हजारभन्दा बढी सर्वसाधारण, व्यवसायी र लगानीकर्ताले एक्स्पोमा सहभागिता जनाएका थिए।
- २०० भन्दा बढी खरिदकर्ताले दर्ता फाराम भरेका छन्।
२५ साउन, काठमाडौं । नेपाली रियल स्टेटको अग्रणी संस्था लालपुर्जा नेपाल प्रालीको आयोजनामा भएको लालपुर्जा प्रोपर्टी एक्सपो सफलतापूर्वक सम्पन्न भएको छ ।
ललितपुरको लाबिम मलमा शुक्रबार आयोजना भएको एक्स्पोमा बैंकका सीईओदेखि विभिन्न उच्च पदाधिकारीसम्मको उल्लेखनीय उपस्थिति थियो ।
आयोजकका अनुसार, कार्यक्रममा एक हजार भन्दा बढी सर्वसाधारण, व्यवसायी, लगानीकर्ता तथा सम्भावित ग्राहकहरूले सहभागिता जनाउँदै विभिन्न रियल इस्टेट परियोजनाहरूको प्रत्यक्ष अवलोकन र जानकारी लिएका थिए ।
सो अवसरमा २०० भन्दा बढी घर/जग्गा खरिदकर्ताहरू र ३०० भन्दा बढी विक्रेताहरूले दर्ता फाराम भरेका छन् । यसबाट करिब ९० करोड रुपैयाँसम्मको कारोबार हुने अनुमान गरिएको लालपुर्जा नेपालका सीईओ मुक्तिनाथ नेपालले जानकारी दिए । उनले भने, ‘यो कार्यक्रम हाम्रो अपेक्षाभन्दा धेरै सफल भयो र यसले नेपालको रियल इस्टेटको इतिहासमा नयाँ उपलब्धि थपेको छ ।’
एकदिने यस एक्स्पोले रियल इस्टेट बजारमा पारदर्शिता, प्रत्यक्ष अन्तरक्रिया र सचेतना वृद्धि गर्ने उद्देश्य सफलतापूर्वक पूरा गरेको आयोजकले जनाएको छ ।
साथै, यस किसिमका कार्यक्रमहरूले खरिदकर्तामा विश्वास बढाउने र विक्रेतालाई थप गतिशीलता प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ ।
यस किसिमको एक्स्पोले बजारलाई थप उचाइमा पुर्याएउने आयोजकले जनाएको छ । ग्राहकहरूले प्रत्यक्ष लाभ लिन पाएको कारण लालपुर्जाले यस्ता कार्यक्रमहरू अब अन्य स्थानहरूमा पनि विस्तार गर्ने योजना सार्वजनिक गरेको छ ।
लालपुर्जाका मार्केटिङ म्यानेजर प्रभेज आलमले भने, ‘उपस्थित सबैको सकारात्मक प्रतिक्रिया हाम्रो टिमका लागि ठूलो प्रेरणाको स्रोत बनेको छ। ग्राहकहरूको यस्तै साथ र समर्थन रह्यो भने नेपालको रियल इस्टेट बजार छिट्टै ठूलो फड्को मार्नेछ ।’
एक्सपोमा सहभागिहरुले भने एक्सपोबाट रियल स्टेट सम्बन्धि धेरै जानकारी लिन पाएको प्रतिक्रिया दिए ।
आगामी दिनहरूमा यस एक्स्पोलाई अझ ठूलो आकारमा र अन्तर्राष्ट्रिय सहभागितासहित आयोजना गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ।
लालपुर्जा नेपाल प्रा. लि. नेपालकै एक प्रतिष्ठित र अग्रणी रियल स्टेट (जग्गा/जमिन) ब्रोकर एजेन्सी हो । देशभर पाँच शाखा र ५० भन्दा बडी समर्पित सदस्य रहेको टिमका साथ, लालपुर्जा नेपालले पारदर्शिता र इमानदारीसाथ सेवाग्राहीहरूलाई सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीले अनुभवी कानुन व्यवसायीहरूमार्फत कानुनी परामर्श सेवा पनि प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया 4