
News Summary
Generated by OK AI. Editorially reviewed.- निर्देशक सुरेन्द्र पौडेलले फिल्म ‘वरिष्ठ बलराम’ तिहारको भाइटीकामा कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने जानकारी दिनुभयो।
- फिल्मको अफिसियल पोस्टर भदौ १ गते रिलिज गर्ने तयारी छ र यो चलचित्र पौडेलको चौथो निर्देशन हो।
- फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई र माओत्से गुरुङले अभिनय गरेका छन्।
काठमाडौं । सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘वरिष्ठ बलराम’ तिहारको भाइटीकामा रिलिज हुने भएको छ ।
निर्देशक सुरेन्द्र पौडेलले कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने जानकारी अनलाइनखबरलाई दिए । भदौ १ गते अफिसियल पोस्टर रिलिज गर्ने तयारी छ ।
यसअघि कात्तिक ३ गते लक्ष्मीपूजामा आउने जनाइएको थियो । ३ दिनपछि मात्र फिल्म पोस्टपोन्ड भएको हो ।
फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ ।
यो चलचित्र सुरेन्द्र पौडेलको चौथो निर्देशकीय सिनेमा हो । दृश्य सम्पादक समेत रहेका पौडेलले यसअघि ‘आभाष’, ‘क्रृ’ र ‘बाबरी’ निर्देशन गरेका छन् ।
वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मस्को सहकार्य रहेको फिल्ममा आशिष एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4