
News Summary
Generated by OK AI. Editorially reviewed.- एनएमबी बैंकले गत आर्थिक वर्षमा ३ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
- खुद ब्याज आम्दानी ११ प्रतिशत बढेर ८ अर्ब २ करोड रुपैयाँ पुगेको छ।
- निष्क्रिय कर्जा अंश ३.७२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ३.४० प्रतिशतभन्दा बढी हो।
२७ साउन, काठमाडौं । एनएमबी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक वित्तीय विवरणअनुसार बैंकले गत आर्थिक वर्षमा ३ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा २ अर्ब २४ करोड रुपैयाँ थियो । खुद ब्याज आम्दानी ११ प्रतिशत बढ्नु र लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) घट्नुले नाफामा योगदान पुगेको छ ।
खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षमा ७ अर्ब २१ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ८ अर्ब २ करोड रुपैयाँ छ । त्यस्तै इम्पेरिमेन्ट चार्ज अघिल्लो आर्थिक वर्षमा २ अर्ब ३ करोड रुपैयाँ रहेकोमा गत आवमा ९५ करोड रुपैयाँ छ ।
नाफामा उल्लेख्य वृद्धि देखिएको बैंकको वितरणयोग्य नाफा १ अर्ब ९० करोड रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा १०.४१ रुपैयाँ हो । प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ छ ।
निष्क्रिय कर्जा सामान्य बढेको छ । गत असार मसान्तसम्म कुल कर्जामा निष्क्रिय कर्जा अंश ३.७२ प्रतिशत छ । अघिल्लो वर्ष ३.४० प्रतिशत थियो । हाल यस बैंकको सेयर मूल्य प्रतिकित्ता २६० रुपैयाँ ९५ पैसा छ ।
प्रतिक्रिया 4