+
+
Shares

वार्षिक १०० कामदार पठाउन नसक्ने म्यानपावरको नवीकरण सुरु

दुई वर्षसम्म वार्षिक १०० कामदार पठाउन नसक्ने मेनपावर व्यवसायीहरूको इजाजतपत्र रद्ध गरिने कानूनी व्यवस्था थियो । तर, हालै केही नेपाल ऐन संशोधनमार्फत उक्त प्रावधान खारेज गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २७ गते १३:३१

काठमाडौं। वार्षिक १०० कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने म्यानपावरको नवीकरण सुरु भएको छ । वैदेशिक रोजगार विभागले उनीहरूको नवीकरण सुरु गरेको हो । विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले आजदेखि नवीकरण सुरु गरिएको बताए ।

दुई वर्षसम्म वार्षिक १०० कामदार पठाउन नसक्ने म्यानपावर व्यवसायीहरूको इजाजतपत्र रद्ध गरिने कानुनी व्यवस्था थियो । तर, हालै केही नेपाल ऐन संशोधन मार्फत उक्त प्रावधान खारेज गरिएको छ ।

खारेज गरिएसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बोर्डलाई नवीकरण गर्न पत्राचार गरेको थियो । सोही अनुसार विभागले नवीकरण सुरु गरेको महानिर्देशक भट्टराईले बताए ।

उनका अनुसार नवीकरण अनलाइन मार्फत समेत गरिने छ । त्यसका लागि म्यानपावर व्यवसायीहरूले आवश्यक कागजात अनलाइन मार्फत पेस गर्नपर्ने हुन्छ । सोही आधारमा विभागले नवीकरण गरिदिने उनको भनाइ छ ।

२०७५ सालमा वैदेशिक रोजगार ऐन संशोधन गर्दै दुई वर्षसम्म लगातार वार्षिक १०० जना कामदार नपठाउने व्यवसायीको इजाजतपत्र रद्ध गर्ने व्यवस्था राखिएको थियो । तर, हरेक वर्ष बाधा अड्काउ फुकाउ मार्फत सरकारले नवीकरण गर्दै आएको थियो ।

ऐनमा संशोधन भएपछि नियमावलीमा संशोधन हुन नसक्दा थप अन्याेलता कायम थियो । मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालयसँग राय माग गरेको थियो । महान्यायाधिवक्ता कार्यालयले पुरानो कानुनी व्यवस्थाको अयोग्यता निष्क्रिय भएकाले त्यसरी वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजतपत्रवालाहरूको नवीकरण गर्नका लागि कुनै कानुनी बाधा नरहेको राय दिएको थियो ।

सोही आधारमा २६ साउनमा मन्त्रीस्तरीय निर्णय गर्दै श्रम मन्त्रालयले नवीकरण गराउन विभागलाई पत्राचार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?