
२७ साउन, काठमाडौं । स्थानीय बजारमा हरियो लसुन र हरियो धनियाँको भाउ बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले मंगलबार हरियो लसुन र हरियो धनियाँको भाउ बढेको देखाएको हो ।
आज हरियो लसुनको भाउ थोकमा प्रतिकिलो २१ रुपैयाँ बढेको छ । सोमबार कालीमाटी बजारमा हरियो लसुन प्रतिकिलो ८५ रुपैयाँमा किनबेच भएको थियो । आज मंगलबार भने हरियो लसुन प्रतिकिलो १ सय ६ रुपैयाँ कायम छ ।
यस्तै हरियो धनियाँको भाउ पनि आज मंगलबार ७५ रुपैयाँ बढेको छ । हिजो सोमबार प्रतिकिलो ३ सय २५ रुपैयाँमा किनबेच भएको धनियाँ आज भने ४ सय रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4