+
+
Shares

खैरहनीका नापी कार्यालय प्रमुखलाई मोसो दलेको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २८ गते ७:४६

२८ साउन, चितवन । चितवनको खैरहनी नगरपालिकामा रहेको नापी कार्यालयका प्रमुख शालिग्राम लम्साललाई मोसो दलेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेकपा बहुमत चितवन जिल्ला सेक्रेटरी ध्रुव खड्का रहेका छन् । उनलाई प्रहरीले मंगलबार साँझ नै पक्राउ गरेको हो ।

मंगलबार दिउँसो सेवाग्राहीका रुपमा आएका दुई जना युवाले नापी कार्यालयका प्रमुख लम्सालमाथि मोसो छ्यापेर भागेका थिए ।

यता नेकपा बहुमतले भने खड्कालाई प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरिएको भन्दै रिहाइ गर्न माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?