+
+
WC Series
पोखरा एभेन्जर्स 2025
37/2 (5.4)
VS
८६ बलमा १२९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

सिद्धार्थनगरकी पूर्व उपमेयर एमालेमा फर्किइन्

नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एवम् रुपन्देहीको सिद्धार्थनगरकी पूर्वउपप्रमुख उमा काफ्ले नेकपा एमालेमा फर्किएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २८ गते १३:२७

२८ साउन,बुटवल। नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एवम् रुपन्देहीको सिद्धार्थनगरकी पूर्वउपप्रमुख उमा काफ्ले नेकपा एमालेमा फर्किएकी छन् ।

काफ्ले नेकपा एमाले विभाजनका बेलादेखि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा आवद्ध थिइन्।

काफ्ले आज नेकपा एमाले प्रदेश कमिटीको बैठक सुरु हुनु अघि एमाले प्रवेश गरेकी प्रदेश कमिटीको सदस्य मोहन चापागाईले जानकारी दिए ।

काफ्लेलाई पार्टी केन्द्रीय सचिव एवम् लुम्बिनि प्रदेश इन्चार्ज पदमा अर्यालले पार्टीमा स्वागत गरेकी थिइन् ।

एकीकृत समाजवादीले एमाले विभाजनको औचित्य पुष्टि गर्न नसकिएको,पार्टी र भातृ संगठनहरुमा सधैं किचलो, विवाद र पार्टीप्रति जनताको आकर्षण पनि नदेखेर एमालेमा फर्किने निर्णय गरेको काफ्लेले बताइन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?