+
+
Shares

राप्रपा युवा संगठन काठमाडौं विवाद : असन्तुष्ट पक्षले बनायो लामा नेतृत्वमा नयाँ समिति

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २८ गते १३:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौंको अधिवेशन स्थगित गर्न निर्देशन दिएका थिए।
  • अध्यक्ष लिङ्देनको निर्देशनपछि असन्तुष्ट पक्षले नयाँ २८ सदस्यीय समिति ज्योति लामाको अध्यक्षतामा गठन गरेको छ।
  • असन्तुष्ट पक्षले निर्वाचन समिति गठनप्रति प्रश्न उठाउँदै अधिवेशनमा हो-हल्ला गरेको थियो।

२८ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौंको अधिवेशन स्थगित गर्न दिएको निर्देशनलाई असन्तुष्ट पक्षले अस्वीकार गरेको छ ।

काठमाडौंको चाबहिलमा बुधबार बोलाइएको सम्मेलनम दुई पक्षको विवाद भएको थियो ।

अधिवेशनमा हो-हल्ला भएपछि पार्टी अध्यक्ष लिङ्देनले स्थगित गर्न निर्देशन दिएका थिए ।

अध्यक्ष लिङ्देनले अधिवेशन स्थगित गर्न निर्देशन दिए लगत्तै असन्तुष्ट पक्षले नयाँ समिति गठन गरेको छ ।

ज्योति लामाको अध्यक्षतामा २८ सदस्यीय समिति गठन गरेको घोषणा गरिएको छ ।

तीन सदस्यपछि थप गर्ने गरी २५ जनाको समिति सार्वजनिक गरिएको छ । अध्यक्ष बाहेकका अन्यलाई सदस्यको जिम्मेवारी दिइएको छ ।

असन्तुष्ट पक्षले निर्वाचन समिति गठनप्रति प्रश्न उठाउँदै हो-हल्ला गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?