+
+
Shares

धनुषामा गोली चलाएर प्रहरीले समात्यो लागुऔषध कारोबारी

धनुषामा गोली चलाएर प्रहरीले लागुऔषध कारोबारी समातेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २८ गते १६:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनुषामा लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा पप्पु साह र एक महिला छन् र उनीहरूबाट २२५ ग्राम खैरो हेरोइन बरामद भएको छ।
  • पप्पुको दाहिने खुट्टामा गोली लागेको र मिथिला नगरपालिका–२ मा पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ।

२८ साउन, काठमाडौं । धनुषामा गोली चलाएर प्रहरीले लागुऔषध कारोबारी समातेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले गोली चलाएर दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पप्पु साह नाम गरेका एक पुरुष र एक महिला छन् । उनीहरूबाट २२५ ग्राम खैरो हेरोइन बरामद भएको छ ।

पप्पुको दाहिने खुट्टामा गोली लागेको प्रहरी स्रोतले बतायो ।

मिथिला नगरपालिका–२ मा प्रहरीले गोली चलाएर उनीहरूलाई पक्राउ गरेको हो ।

ब्युरोका इन्स्पेक्टर रोकश यादव, वरिष्ठ सई बालकृष्ण सन्जेलसहितको टोली ब्युरोबाट खटिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?