+
+
Shares

अमेरिकाको उटाहमा गोली चल्यो, दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २४ गते १५:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाको साल्ट लेक सिटीमा बिहीबार भएको गोली हानाहानमा दुई जनाको मृत्यु र अन्य घाइते भएका छन्।
  • प्रहरी प्रवक्ता ग्लेन मिल्सले पार्किङ स्थलमा झगडाको क्रममा गोली चलाइएको बताएका छन्।
  • प्रहरीले आठ जना पीडितमध्ये दुईको मृत्यु र तीनको अवस्था गम्भीर भएको उल्लेख गर्दै संदिग्धको खोजी गरिरहेको छ।

२४ पुस, वासिङ्टन । अमेरिकाको उटाहको साल्ट लेक सिटीमा बिहीबार भएको गोली हानाहानमा दुई जनाको मृत्यु हुनुकासाथै अन्य घाइते भएको अमेरिकी प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता ग्लेन मिल्सले प्रारम्भिक रिपोर्टले पार्किङ स्थलमा घटना भएको सङ्केत गरेको बताउदै त्यहाँ झगडाको समयमा गोली चलाइएको पत्रकारहरूलाई बताएका छन् ।

प्रहरीले आठ जना पीडितहरू मध्ये कम्तीमा दुई जनाको चोटपटकबाट मृत्यु भएको उल्लेख गर्दै घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था अज्ञात रहेको बताएको छ ।

प्रहरीले संदिग्धहरूको खोजिको लागि अनुसन्धान सुरु गरेको बताएको छ ।

पछिल्लो समयमा गोली हानाहानको हिंसा अमेरिकामा सबैभन्दा दबाबपूर्ण सुरक्षा र सामाजिक सङ्कट बनेको जनाइएको छ भने बारम्बार सामूहिक गोलीबारीका कारण उल्लेख्य मानवीय, आर्थिक तथा मनोवैज्ञानिक सङ्कट निम्त्याएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?