+
+
Shares

नेपाल बैंकको नाफा १३२ गुणा बढ्यो, छैन लाभांश दिने क्षमता

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते ८:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल बैंकको नाफा गत आर्थिक वर्ष ३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको २८ करोड ४२ लाखभन्दा १३२ गुणा बढी हो।
  • बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ६३ करोडबाट १० अर्ब ८ करोड रुपैयाँ पुगेको छ र नोक्सानी व्यवस्थापन रकम ४ अर्ब ७५ करोडबाट १ अर्ब ९ करोडमा झरेको छ।
  • बैंकको वितरणयोग्य नाफा ऋणात्मक भएर यस वर्ष लाभांश दिन नसक्ने अवस्था आएको छ, जबकि प्रतिसेयर आम्दानी २५.६८ रुपैयाँ पुगेको छ।

२९ साउन, काठमाडौं । नेपाल बैंकको नाफा एक वर्षको अन्तरालमा १३२ गुणा बढेको छ । बैंकले गत आर्थिक वर्ष ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

सार्वजनिक अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्ष सोही अवधिमा यस्तो नाफा २८ करोड ४२ लाख रुपैयाँ थियो ।

खुद ब्याज आम्दानी बढ्नु र नोक्सानी व्यवस्थापन रकम (इम्पेरिमेन्ट चार्ज) घट्नुले नाफामा प्रभाव परेको हो । बैंकको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्ष ८ अर्ब ६३ करोड रहेकोमा गत आर्थिक वर्ष १० अर्ब ८ करोड छ ।

त्यस्तै अघिल्लो आर्थिक वर्ष ४ अर्ब ७५ करोड रुपैयाँ नोक्सानी व्यवस्थापन रकम छुट्याएकोमा गत आर्थिक वर्ष यो रकम घटेर १ अर्ब ९ करोडमा झरेको छ ।

बैंकको नाफासँगै प्रतिसेयर आम्दानीमा उच्च वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी १९ पैसा रहेकोमा गत आर्थिक वर्ष २५.६८ रुपैयाँ छ ।

नाफामा उच्च वृद्धि भए पनि बैंक यो वर्ष लाभांश दिन नसक्ने अवस्थामा छ । वितरणयोग्य नाफा ४४ करोड ९० लाख रुपैयाँ ऋणात्मक छ । अर्थात् प्रतिसेयर वितरणयोग्य नाफा ३ रुपैयाँ ६ पैसा ऋणात्मक छ ।

बैंकको निष्क्रिय कर्जा सामान्य बढेको छ । अघिल्लो आर्थिक वर्षमा कुल कर्जामा निष्क्रिय कर्जा अंश ४.३३ प्रतिशत रहेकोमा गत आर्थिक वर्ष असार मसान्तसम्म ४.४७ प्रतिशत पुगेको छ ।

बैंकको प्रतिसेयर नेटवर्थ २५९ रुपैयाँ ८१ पैसा छ । बुधबार बैंकको सेयर मूल्य २८२.९२ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?