+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

हिजो गणपुरक संख्या नपुगेर रोकिएको विधेयक आज एक नम्बर कार्यसूचीमा

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते १०:४६

२८ साउन, काठमाडौं । प्रतिनिधि सभामा हिजो गणपुरक संख्या नपुगेर रोकिएको विधेयक आज अगाडि बढाइने भएको छ ।

आज प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बोलाइएको छ । जहाँ सभामुख देवराज घिमिरेले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

हिजो यो कार्यसूची अनुसार सभामुख अगाडि बढ्दा संसद्का गणपुरक संख्या यकिन गर्नुपर्ने माग उठेको थियो । माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेत सुवेदीले यस्तो माग गरेपछि सभामुखले गन्न लगाए । गन्दा ६६ जना सांसद मात्रै सभामा रहेको थाहा लाग्यो । त्यसपछि विधेयक अगाडि बढ्न सकेको थिएन ।

हिजो रोकिएको विधेयकलाई आजको एक नम्बर कार्यसूचीमा राखिएको छ ।

यसका साथै आज प्रतिनिधि सभामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?