+
+
Shares

आर्यघाटको शवबाट निकालिएको हड्डी खरिद गरेको आरोपमा दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते १३:१९

२९ साउन, काठमाडौं । पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट हड्डी र खरानी निकालेर किनबेच गर्ने गिरोहमा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका-२ स्थायी घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१२ कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी बलानबिहुल गाउँपालिका-६ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-७ गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन् ।

प्रहरीका अनुसार ठाकुर हड्डी र खरानी खरिद गर्ने व्यक्ति हुन् भने यादव हड्डी र खरानी खरिद गर्ने कार्यमा सहयोग गर्ने व्यक्ति हुन् ।

पक्राउ परेका ठाकुरको साथबाट प्लास्टिकमा पोको पारिराखेको अवस्थामा हड्डीको धुलो र खरानी जस्तो देखिने वस्तु बरामद भएको प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले शवबाट हड्डी निकालेर बेचेको आरोपमा गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल र विनायक मैनालीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

२३ साउनको दिउँसो पशुपति आर्यघाट-२ नम्बर चितामा जल्दै गरेको शवबाट उनीहरूले हड्डी सहितको खरानी निकालेर बेचेको आरोप उनीहरूमाथि छ। ढकाल र मैनालीलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?