+
+
Shares

आफ्नो र मन्त्रीहरूको सम्पति विवरण सार्वजनिक गर्न प्रधानमन्त्रीलाई आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते १४:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो र मन्त्रीहरूको सम्पति विवरण सार्वजनिक गर्न आग्रह गरेको छ।
  • रास्वपाकी सांसद डा. चन्दा कार्कीले प्रतिनिधि सभामा प्रधानमन्त्रीले सुशासनको भाषण दिनुअघि मन्त्रीहरूको सम्पति सार्वजनिक गर्नुपर्ने बताएकी छन्।
  • प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा आफ्नो विदेश भ्रमणबारे जानकारी दिँदै सरकारको प्राथमिकता सुशासन रहेको बताएका थिए।

२९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो र मन्त्रीहरूको सम्पति विवरण सार्वजनिक गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ ।

बिहीबार प्रतिनिधि सभामा आकस्मिक समयमा लिएर बोल्दै रास्वपाकी सांसद डा. चन्दा कार्कीले यस्तो आग्रह गरेकी हुन् ।

बुधबार प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको बैठकलाई आफ्नो विदेश भ्रमणबारे जानकारी गराएका थिए । त्यसक्रममा सरकारको कामको चर्चा गर्दै सरकारको प्राथमिकता सुशासन रहेको बताएका छन् ।

प्रधानमन्त्रीले सरकारको प्राथमिकता सुशासन रहेको बताइरहँदा स्वयमको र मन्त्रीहरूको सम्पति विवरण सार्वजनिक हुन नसकेको भनेर रास्वपाकी सांसद कार्कीले यस्तो आग्रह गरेकी हुन् ।

उनले भनेकी छन्, ‘सुशासनको भाषण दिनु अगाडि आफ्ना मन्त्रीहरूको काम, आचरण, सम्पति जाँच गर्नु र मन्त्रीहरूको सम्पति सार्वजनिक गर्नुहोस् । देशमा सुशासनको यथार्थको के अवस्था छ बुझ्नुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?