+
+
Shares

प्रधानमन्त्रीलाई वर्षमानको प्रश्न : दलित, सुकुमबासी र आरक्ष पीडितको आँशुले पोल्दैन ?

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते १६:४७

२९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले संवैधानिक दायित्व अन्तर्गत रहेर भूमिहीन दलितलाई जग्गा नदिएको भनेर सरकारको आलोचना गरेका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले पाँच लाख भूमिहीनलाई जग्गा दिने लक्ष्य राखेको र काम गर्दागर्दै बाहिरिनु परेको उल्लेख गदै उनले यो विषयमा के कति प्रगति भयो भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले तथ्याङ्क नदिएको बताए ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले गरेका कामहरूबारे चर्चा गरेका थिए । तर, त्यसक्रममा कति भूमिहिन दलितले जग्गा पाए भनेर विरण आउन नसकेको माओवादीका उपमहासचिव पुनले बताए ।

उनले सोधे, ‘प्रधानमन्त्री ज्यु गत वर्ष कति जनाले पाए जग्गा धनी प्रमाणपत्र ? तपाईंको प्रस्तुतिमा किन प्रति उल्लेख भएन ?’

यहीँनेर उनले प्रधानमन्त्रीलाई दलित, सुकुमबासी र आरक्ष पीडितको आँशुले पोल्दैन भनेर कटाक्ष गरेका हुन् । ‘खासमा तपाईंहरूको नियत नै गलत छ । तपाईंहरूलाई दलित, भूमिहीन सुकुमबासी, आरक्ष पीडितहरूको आशुँले पोल्दैन ?,’ पुनले प्रश्न गरे ।

सरकारमा रहेका पात्रले बिचौलियालाई मात्रै देख्ने गरेको र गरिबहरूको समस्या समाधान हुन नसकेको उनको टिप्पणी रहेको छ ।

प्रतिनिधि सभामा रहेको भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकलाई पनि सरकारले जबरजस्ती अगाडि बढाउन खोजिरहेको उनले बताए ।

‘…बिचौलिया र माफियाको पक्षमा भूमि विधेयकलाई जबरजस्ती अगाडि बढाउँदै हुनुहुन्छ । तपाईंहरूको नियत भूमिहीन, आरक्ष पीडित र सुकुमबासीलाई जग्गा दिने छैन,’ उनले भने, ‘बरु सरकारी जग्गा हिजो यो वा त्यो रुपमा गरेको कब्जालाई वैध बनाउन प्लटिङ गरेर बेच्ने दलालको स्वार्थमा काम गर्दै हुनुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?