
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाको बैठकमा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव कार्यसूचीबाट हटाइएको छ।
- सभामुख देवराज घिमिरेले पानी जहाज विधेयक सम्बन्धी कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी गराए।
- प्रतिनिधिसभाको अर्को बैठक भदौ ४ गते बस्नेछ र त्यहाँ प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनेछ।
२९ साउन, काठमाडौं । पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक अघि बढाउने प्रतिनिधिसभाको कार्यसूची अन्तिममा रोकिएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राष्ट्रिय सभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।
तर, अन्तिममा यो विषयलाई सभामुख देवराज घिमिरेले कार्यसूचीबाट हटाए ।
‘माननीय सदस्यहरू आजको कार्यसूचीको क्रम संख्या २ मा रहेको पानी जहाज विधेयक सम्बन्धी कार्यक्रम कार्यसूचीबाट हटाइएको व्यहोरा जानकारी गराउँछु’ सभामुख घिमिरेले भने ।
बिहीबारको कार्यसूचीमा परेर हटेको यो विषय कहिले अगाडि बढ्छ सभामुख घिमिरेले कुनै जानकारी दिएका छैनन् ।
प्रतिनिधिसभाको अर्को बैठक आगामी भदौ ४ गते बस्नेछ । त्यसदिन प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनेछ ।
प्रतिक्रिया 4