+
+
Shares

६ करोड बढीको क्रिप्टो कारोबार गरेको आरोपमा ४ जना पक्राउ, १५ लाख नगद बरामद

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३० गते १२:००

३० साउन, काठमाडौं । ६ करोड रुपैयाँभन्दा बढीको क्रिप्टो करेन्सी (अभौतिक मुद्रा)को कारोबार गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा बाराको महागढीमाई नगरपालिका–३ घर भएका २७ वर्षीय ओमप्रकाश जयसवाल, महागढीमाई–५ का २५ वर्षीय मनमोहन कुमार सिंह, भारत बिहारका ३३ वर्षीय विक्रम जयसवाल र बिहारकै ३३ वर्षीय मुन्ना जयसवाल छन् ।

उनीहरुलाई काठमाडौंको कालोपुलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए । उनीहरुबाट १५ लाख ३३ हजार नगद समेत बरामद भएको उनले जानकारी दिए ।

त्यसैगरी उनीहरुले ६ करोड ६ लाख ६३ हजार ६८७ रुपैयाँ बराबरको क्रिप्टोको कारोबार गरेको पाइएको एसपी बोहराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?