
News Summary
Generated by OK AI. Editorially reviewed.- कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयका निकाय र नेतृत्वलाई समन्वय गरी लक्ष्य पूरा गर्न निर्देशन दिएका छन्।
- मन्त्री अधिकारीले छिट्टै विषयगत समिति बैठक राखेर प्रदेश र स्थानीय तहसँग सहजीकरण गरी कृषि र मलसम्बन्धी समस्या समाधान गर्नुपर्ने बताए।
- बैठकमा राष्ट्रिय योजना आयोग सदस्य डा. जयबहादुर टन्डन र मन्त्रालयका सचिवहरूले उपलब्धि, समस्या र आवश्यकताबारे जानकारी दिएका थिए।
३० साउन, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयले लिएको लक्ष्य पूरा गर्न मन्त्रालय अन्तर्गतका निकाय एवं नेतृत्वलाई एकापसमा समन्वय गरी अघि बढ्न निर्देशन दिएका छन् ।
शुक्रबार मन्त्रालयमा आयोजित मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति बैठकमा मन्त्री अधिकारीले कृषि र मन्त्रालयसँग सम्बन्धित रहेर उठेका विषय र मन्त्रालयले लिएको लक्ष्य निर्धारित समयभित्रै सम्पन्न गरिसक्न के कस्ता समस्या छन र ती समस्या समाधानका लागि सामूहिक प्रयास गर्न जरुरी रहेको बताए ।
मन्त्री अधिकारीले छिट्टै विषयगत समिति बैठक राखेर प्रदेश र स्थानीय तहसँग गर्नुपर्ने आवश्यक सहजीकरण मार्फत कृषि र मलका सम्बन्धमा देखिएका समस्या समाधान गर्न सकिने बताए ।
गत आर्थिक वर्ष मन्त्रालयबाट सम्पादन भएका कार्य महत्त्वपूर्ण रहेको उल्लेख गर्दे मन्त्री अधिकारीले मूलरूपमा नागरिकले अनुभूति गर्ने गरी सेवा प्रवाह चुस्त र प्रभावकारी बनाउन जरुरी रहेकोमा जोड दिए ।
बैठकमा राष्ट्रिय योजना आयोग सदस्य डा. जयबहादुर टन्डन, मन्त्रालयका सचिवहरू डा. गोविन्द शर्मा , डा. दीपककुमार खराल, नेपाल कृषि अनुसन्धान परिषद् कार्यकारी निर्देशक डा. कृष्ण तिमिल्सिना, मन्त्रालयका सहसचिव, विभागीय तथा योजना प्रमुखले हाल भएका उपलब्धि, समस्या, आवश्यकता लगायत विषय राखेका थिए ।
प्रतिक्रिया 4