+
+
Shares

देशभरि ३४७ स्तरीय होटल, कर्णाली प्रदेशमा एउटा मात्रै

कर्णाली र सुदूरपश्चिममा आतिथ्य सेवाको लगानी दयनीय अवस्थामा देखिन्छ । कर्णालीमा २ सय ३९ वटा होटल/रिसोर्ट दर्ता भएका छन् । तिनमा स्तरीय होटल एउटामात्र छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३० गते १८:३१
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • देशभरि तारे तथा पर्यटकीय स्तरका होटल/रिसोर्ट संख्या ३ सय ४७ पुगेको छ।
  • बागमती प्रदेशमा २ सय ३९ वटा होटल/रिसोर्ट दर्ता भएका छन् र सबै लक्जरी रिसोर्ट त्यही छन्।
  • कर्णाली र सुदूरपश्चिममा पाँचतारे होटल अहिलेसम्म छैनन् र आतिथ्य सेवाको लगानी दयनीय अवस्थामा छ।

३० साउन, काठमाडौं । देशभरि तारे तथा पर्यटकीय स्तरका होटल/रिसोर्ट संख्या ३ सय ४७ पुगेको छ ।

पर्यटन विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ सम्म उक्त  संख्यामा स्तरीय होटल दर्ता तथा नवीकरण भएका छन् । यसरी खुलेको होटल/रिसोर्ट बागमती प्रदेशमा केन्द्रित छन् ।

उता कर्णाली र सुदूरपश्चिममा आतिथ्य सेवाको लगानी दयनीय अवस्थामा देखिन्छ । कर्णालीमा २ सय ३९ वटा होटल/रिसोर्ट दर्ता भएका छन् ।

तथ्यांक अनुसार देशभरि पाँचतारे होटल संख्या २७ पुगेको छ । कर्णाली र सुदूरपश्चिममा अहिलेसम्म एउटा पनि पाँचतारे होटल पुगेको छैन । कोशीमा १, मधेशमा १, बागमतीमा १९, गण्डकीमा २ र लुम्बिनीमा ४ वटा पाँचतारे होटल रहेको विभागको तथ्यांक छ ।

गत आवमात्र ६ वटा पाँचतारे होटल थप भएको तथ्यांकमा देखिन्छ । पाँचतारे डिलक्स होटल संख्या ३ पुगेको छ । कोशीमा १ र बागमतीमा २ होटल पाँचतारे डिलक्स स्तरका छन् । पाँचतारे लक्जरी बुटिक/हेरिटेज होटल संख्या ३ छ । यी सबै रिसोर्ट बागमती प्रदेशमा छन् ।

यसैगरी चारतारे होटल संख्या देशभरि ४० छ । सबै प्रदेशमा चारतारे होटल विस्तार भएका छन् । कर्णाली र सुदूरपश्चिममा १/१ वटा चारतारे होटल छन् । कोशीमा २, मधेश ३, बागमती १०, गण्डकी ७ र लुम्बिनीमा १६ वटा चारतारे होटल खुलेका छन् । चारतारे डिलक्स/हेरिटेज होटल संख्या ४ छ । यी सबै रिसोर्ट बागमती प्रदेशमा छन् ।

तीनतारे होटल संख्या ३७ पुगेको छ । यसमध्ये कोशीमा २, मधेश २, बागमती २८, गण्डकी २ र लुम्बिनीमा ३ होटल छन् । दुईतारे होटल ४९ छन् । कोशीमा १, मधेश ४, बागमती ३३, गण्डकी ८, लुम्बिनीमा ३ वटा दुईतारे होटल छन् ।

त्यस्तै एकतारे होटल ४४ वटा पुगेका छन् । तीमध्ये कोशीमा २, मधेश २, बागमती ३१, गण्डकी ३, लुम्बिनी ३ र सुदूरपश्चिममा ३ वटा एकतारे होटल रहेको तथ्यांक छ ।

यसैगरी साधारण रिसोर्ट संख्या १ सय २७ छ । जसमध्ये बागमतीमा १ सय, कोशी ४, गण्डकी १९ र लुम्बिनीमा ४ वटा छन् । डिलक्स रिसोर्ट ९ छन् । बागमतीमा ५, गण्डकी ३ र लुम्बिनीमा १ छन् ।

लक्जरी रिसोर्ट ३ रहेकोमा सबै बागमतीमा छन् । तीनतारे स्तरका नर्मल हेरिटेज बुटिक होटल संख्या एउटा छ । जुन बागमती प्रदेशमा  छ । यस प्रकार स्तरीय होटल कोशीमा १३, मधेश १३, बागमती २ सय ३९, गण्डकी ४४, लुम्बिनी ३४, कर्णाली १ र सुदूरपश्चिममा ४ वटा रहेको विभागको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?