
Photo Credit : खैबर पख्तुनख्वा सरकार
News Summary
Generated by OK AI. Editorially reviewed.- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भारी मनसुनी वर्षासँगैको बाढी र आकस्मिक डुबानमा २४ घण्टामा २०० भन्दा बढीको मृत्यु भएको छ।
- बजौर जिल्लामा बाढीले धेरै घर बगाएको र सहायता बोकेको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको छ।
- खैबर पख्तुनख्वाका मुख्यमन्त्री अली अमिन गंडापुरले बाढीबाट भएको विनाशप्रति दुःख व्यक्त गर्दै शनिबार प्रान्तभरि शोकको घोषणा गरेका छन्।
काठमाडौं । पाकिस्तानमा भारी मनसुनी वर्षासँगैको बाढी र आकस्मिक डुबानबाट पछिल्लो २४ घण्टामा २०० भन्दा बढीको मृत्यु भएको छ ।
विपद् व्यवस्थापन निकायका अधिकारीहरूका अनुसार बाढीका कारण थुप्रै मानिस भत्किएका घरको भग्नावशेषमा फसेका छन् ।
खैबर पख्तुनख्वा प्रान्त विपद् प्रवन्ध प्राधिकरणका अनुसार बिहीबार प्रान्तको विभिन्न जिल्लामा भारी वर्षापछिको बाढी र डुबानमा परी २०० भन्दा बढीको मृत्यु भएको छ ।
बाढीले उत्तरपश्चिमी बाजौर जिल्लामा धेरै घरहरू बगाएको छ ।
बजौर क्षेत्रमा सहायता बोकेको हेलिकप्टर दुर्घटनामा परेको छ । हेलिकप्टर दुर्घटना हुँदा दुई जना पाइलटसहित ५ जनाको मृत्यु भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।
बाढी र वर्षाबाट भएको विनाशप्रति दुःख व्यक्त गर्दै खैबर पख्तुनख्वाका मुख्यमन्त्री अली अमिन गंडापुरले भोलि शनिबार प्रान्तभरि शोकको घोषणा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4