+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नेपाल राष्ट्रिय मगर संघको नेतृत्व सर्वसम्मत चयन

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३१ गते १४:२९

३१ साउन, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल राष्ट्रिय मगर संघको नेतृत्व सर्वसम्मत चयन भएको छ ।

संघको तेस्रो अधिवेशनबाट नेतृत्व सर्वसम्मत चयन भएको हो । संघको अधिवेशन हिजोबाट सुरु भएको थियो ।

शनिबार बिहान सकिएको अधिवेशनले खोटाङका इच्छु राम रानामगर सभापति रहनेगरी ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपसभापतिमा ३ सदस्य छन् भने १ महामन्त्री, ३ सहमहामन्त्री र १ कोषाध्यक्ष छन् ।

८ खुला सदस्य र अन्य प्रदेशमा सदस्यहरू चयन गरिएको निर्वाचन समितिका संयोजक अमरसिंह पुनले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?