+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

‘आफू नि नाच्ने हो’ भन्दै नम्रताको छमछमी(फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १३ गते १६:२०

namrata-sapkota
अष्ट्रेलियामा बस्दै आएका ‘किन लाग्छ माया’ कलाकार शंकर लामिछाने यतिबेला तीज गीत बजारमा ल्याउन जोडतोडका साथ लागिरहेका छन् । विभिन्न डकुमेन्ट्री देखि हिन्दी गीतमा समेत काम गरिसकेका शंकरले एउटा गीतलाई दुई आवाजमा रेकर्ड गराएका छन् ।

शंकरले ‘आफू नि नाच्ने हो’ बोलको तीजको गीतमा चर्चित गायिकाद्धय साधना सरगम र पूणिर्माको आवाज भरेका हुन् । भारतको मुम्बइमा नै पुगेर २ गीत रेकर्ड गराएर उनी केही समयअघि नेपाल फर्केका थिए । दुई गीतको छायांकन यतिबेला धमाधम भैरहेको छ ।

गायिका साधना सरगमको आवाजमा लोक शैलीको गीतको छायांकन सोमबार गरिएको छ । मंगलबार भने पूणिर्माको आवाजमा समावेश डिस्को शैलीको तीज गीतको छायांकन गरिएको हो । गम्भिर बिष्टको निर्देशनमा यो गीतमा नायिका नम्रता सापकोटा र कोरसले नृत्य गरे ।

फास्ट विटको यो गीतको छायांकनका क्रममा गीतकार एवं संगीतकार लामिछानेले भने-‘नयाँ शैलीको तीज गीत गरौ भनेर यसपटक एउटै शब्दलाई दुई शैलीमा कम्पोज गरेको हुँ ।’ नायिका तथा मोडल नम्रता सापकोटाले पनि तीजका थुप्रै गीतमा काम गरेपनि शंकर लामिछानेको शब्द तथा कम्पोजमा काम गर्दा फरक अनुभुती भएको बताइन् । गीतको भिडियोलाई एक सातामा बजारमा ल्याउने शंकरको भनाई छ ।
namrata-sapkota-teej namrata-sapkota-teej-1 namrata-sapkota-teej-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?