+
+
Shares

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई विस्तार गरेर ५०० बेड बनाइने

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १ गते १०:२६

१ भदौ, काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई विस्तार गरेर ५०० बेड बनाइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलका अनुसार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई ११ बेड थप गरेर ५०० बेड बनाइने सरकारको योजना छ । साथै काठमाडौंका दुई नगरपालिकामा ‘२५-२५ शैय्याको स्याटेलाइट प्रसूति अस्पताल निर्माण’को सम्झौता गरेर उपत्यकाको बढ्दो चापलाई व्यवस्थापन गर्ने तयारी रहेको पनि उनले जानकारी दिए ।

देशको विशिष्टीकृत महिला स्वास्थ्य संस्था, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले विशेष समारोहका बीच आफ्नो ६६औं वार्षिकोत्सव मनाएको छ । उक्त कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो जानकारी दिएका हुन् ।

वि.सं. २०१६ सालमा ४० शैय्याबाट सुरु भएको यो अस्पताल हाल ४८९ शैय्याको छ । ‘प्रसूति गृह केवल एक अस्पताल होइन, यो लाखौं आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर हो’, मन्त्री पौडेलले भनेका छन्, ‘यसको ६६ वर्षको यात्रा नेपालको स्वास्थ्य क्षेत्रको विकासको साक्षी हो ।’

सरकारले हालै ल्याएको नि:सन्तान उपचार मापदण्डको सफल कार्यान्वयनमा यस अस्पतालको पुन:स्थापित आईभीएफ सेवाले नेतृत्वदायी भूमिका खेल्ने उनको विश्वास छ । अस्पतालले सुरु गरेको नियोनेटल स्क्रिनिङ, मिल्क बैंक जस्ता कार्यक्रमले नवजात शिशुको मृत्युदर घटाउन महतवपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको मन्त्री पौडेलको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?