१ भदौ, काठमाडौं । स्थानीय बजारमा निगुरोको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यसूचीले आइतबार निगुरोको भाउ घटेको देखाएको हो ।
शनिबार निगुरोको भाउ थोकमा प्रतिकिलो ८५ रुपैयाँ थियो । आज आइतबार भने यसको भाउ किलोमा ९ रुपैयाँ घटेर ७६ रुपैयाँमा किनबेच भइरहेको छ ।
वैशाख दोस्रो साता निगुरोको भाउ थोकमा प्रतिकिलो ५५ रुपैयाँ थियो । जेठ दोस्रो साता आइपुग्दा निगुरो किलोको थोकमा २५ देखि ३० रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै असार अन्तिम साता भने निगुरो प्रतिकिलो ८० देखि १ सय रुपैयाँसम्म किनबेच भएको थियो ।
प्रतिक्रिया 4