+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

तेरिया मगरलार्इ सम्मान गर्दा राजेशपायल ‘अपमानित’ ? खाना छाडेर हिडेपछि तनाव

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १३ गते १७:४५

rajesh-payal-rai
तेरिया मगरलाई झैं समान दर्जामा राखेर आफुलाई सम्मान नगरिएको झोंकमा गायक राजेश पायल राईले खाना छाडेर हिडेपछि मलेसियामा लफडा भएको छ ।

सांस्कृतिक कार्यक्रमका लागि मलेसिया पुगेकी तेरिया मगरलाई कोतायारायाको द खुकुरी रेष्टुरेन्टमा त्यहाँस्थित आदिवासी जनजाति महासंघले सम्मान कार्यक्रम आयोजना गरेेको थियो । सांस्कृतिक कार्यक्रमकै लागि मलेसियामा रहेका राईलाई पनि सोही कार्यक्रममा निम्त्याइएको थियो ।
तर, तेरियालाई आफुलाई भन्दा भाऊ दिएर सम्मान गरेको भन्दै उनले खान लागेको खाना छाडेर हिडेपछि कार्यक्रमस्थलमा लफडा भएको छ ।

सम्मान कार्यक्रमका आयोजक जनजाति महासंघका अध्यक्ष सुन्दर आलेले एक बिज्ञप्ति जारी गर्दै राजेश पायल राई हलबाट ओर्लिएको केहीबेरमै एक हुल मानिस आएर किन कलाकारलाई समान ब्यबहार नगरेको भन्दै हुलहुज्जत गरेपछि खाना खान लागेका अन्य कालाकार पनि अपमानित भएर बाहिरिनुपरेको बताएका छन् ।

नेपाल आदिवासी जनजाती महासंघ मलेसियाका अध्यक्ष सुन्दर आलेमगरले एक विज्ञप्ती जारी गर्दै गायक राजेश पायल राइका सम्बन्धमा प्रकाशित विभिन्न समाचारमा आफूहरुको ध्यानाकर्षण भएको जनाएका छन् ।

‘तेरियालाई विशेष सम्मान गरिताएपनि अन्य कलाकारहरुलाई पनि दोसल्ला ओडाएर सम्मान गरिएको थियो । तर सम्मान कार्यक्रम पश्चात खाना खाने क्रममा गायक राजेश पायल राई आयोजकसँग पनि विदा नभई खाना पनि नखाई बाहिर निस्केको  विज्ञप्तीमा उल्लेख छ । राजेश बाहिर निस्केको केही समयमा नै मूल आयोजक मध्येका २ जना मलेसियन नागरिक कार्यक्रम स्थलमा प्रवेश गर्दै राजेश पायल को हो चिन्छस्, तेरिया को हो ? भन्दै अपशब्द र अभद्र व्यवहार गरेका थिए । यसपश्चात अन्य कलाकारहरु खाना विचमै छोडेर बाहिर निस्किएका थिए ।’ बिज्ञप्तिमा भनिएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ मलेसिया कलाकारहरुले पाएको दुखमा क्षमा याचना गर्दै घटनाको दोषी कन्सर्टको मुल आयोजक रहेको विज्ञप्तीमा भनिएको छ । महासंघले राजेश पायल राइलाई टिमका अन्य कलाकारहरुसँग घटनाबारे स्पष्ट पारिदिन पनि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?