२ भदौ, काठमाडौं । हिमालयन इन्टरनेशनल एकेडेमी नेपालले विभिन्न प्रतियोगितामा पदक जित्न सफल एसकेबीसी तेक्वान्दो डोजाङका खेलाडीलाई सम्मान गरेको छ । एसकेबीसी तेक्वान्डो डोजाङका खेलाडीको जुनियर ग्रेडिङ कार्यक्रममा खेलाडीलाई सम्मान गरिएको हो ।
सुभासचन्द्र बोहरा, तुषारसिंह ठकुरी, दक्षता रावल, एलेक्सा पाण्डे, आभास देव, दिप्सन थापा र दिपन थापा सम्मानित भए ।
चौथो बागमती प्रदेशस्तरीय खुला लिग तेक्वान्डो प्रतियोगितामा सुभासले स्वर्ण तथा तुषारले कांस्य जितेका थिए । दक्षताले मदन भण्डारी राष्ट्रिय तेक्वान्डो प्रतियोगिता तथा दोस्रो एसकेबीसी बागमती प्रदेश आमन्त्रण तेक्वान्डो प्रतियोगितामा कांस्य हात पारेकी थिइन् ।
दोस्रो एसकेबीसी बागमती प्रदेश आमन्त्रण तेक्वान्डो प्रतियोगितामा एलेक्साले स्वर्ण, आभासले कांस्य र दिप्सनले कांस्य जितेका थिए । दिपनले काठमाडौं जिल्लास्तरीय बृहत खेलकुद प्रतियोगितामा कांस्य प्राप्त गरेका थिए ।
उनीहरुलाई टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदान गुरुङ र एसकेबीसीका डोजाङ प्रमुख रन्जितबहादुर डंगौराले एक कार्यक्रमबीच सम्मान गरे ।
प्रतिक्रिया 4