+
+
Shares

डिसेम्बरमा आम चुनाव गराउने म्यानमारको सैनिक सरकारको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २ गते १४:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्यानमारको सैनिक सरकारले डिसेम्बर २८ मा आम चुनाव गराउने घोषणा गरेको छ।
  • सैनिक सरकार प्रमुख जनरल मिन आङ ह्वाइङले चुनाव \'स्वतन्त्र र निष्पक्ष\' हुने दाबी गरेका छन्।
  • अन्तर्राष्ट्रिय समुदायले सैनिक सरकारको चुनावलाई खारेज गरेका छन् भनेर जातीय समूहले चुनाव गराउन नदिने चेतावनी दिएका छन्।

२ भदौ, काठमाडौं । म्यानमारको सैनिक सरकारले आगामी डिसेम्बरमा आम चुनाव गराउने घोषणा गरेको छ ।

 सैनिक सरकार प्रमुख जनरल मिन आङ ह्वाइङले आगामी डिसेम्बर २८ मा आम चुनाव घोषणा गरेका हुन् ।

म्यानमारमा सन् २०२१ मा सैनिक कू भएपछि पहिलो पटक चुनाव गराउन लागिएको हो ।

सन् २०२१ मा सेनाले सत्ता कब्जा गर्दै लोकतान्त्रिक चुनावबाट निर्वाचित नेता आङ साङ सूचीलाई कैद गरेको थियो ।

सैन्य प्रशासनका प्रमुख ह्वाइङले डिसेम्बरको चुनाव ‘स्वतन्त्र र निष्पक्ष’ हुने दाबी गरेका छन् ।

तर ,अन्तर्राष्ट्रिय समुदायले भने सेना प्रमुखको बयानलाई खारेज गरिदिएका बीबीसीले उल्लेख गरेको छ ।

आलोचकहरूले सैनिक सरकारले गराउने चुनाव देखावटी हुने भन्दै आलोचना गरेका छन् । आफ्नो सत्ता मजबुत र टिकाइ राख्न चुनावको ढोङ गर्न लागिएको उनीहरूको आरोप छ ।

म्यानमारमा सन् २०२१ देखि गृहयुद्ध जारी छ । त्यहाँको सेना र जातीय सशस्त्र समूहबीच पटकपटक झडप हुँदै आएको छ ।

म्यानमार सक्रिय केही जातीय समूहले आफ्नो क्षेत्रमा चुनाव गराउन नदिने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?