+
+
Shares

विद्यालय शिक्षा विधेयक : प्रतिवेदन अध्ययन गर्न दिइयो २ दिन, ५ गते अर्को बैठक

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २ गते १७:५५

२ भदौ, काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदन अध्ययनका लागि शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सदस्यहरुलाई दुई दिनको समय दिइएको छ ।

समितिको सोमबारको बैठकमा विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदन समिति सदस्यहरूलाई वितरण गर्दै दुई दिन अध्ययनको लागि समय दिइएको हो ।

विधेयकमा यसअघि १६३ दफा रहेकोमा अब १७४ वटा दफा भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरिब तथा विपन्न विद्यार्थीलाई २.५ प्रतिशत आवास सुविधा दिने प्रस्ताव गरेको छ ।

सांसदहरूले अनिवार्य शिक्षा ऐनमा व्यवस्था भएनअनुरुप कम्तीमा पनि दश प्रतिशत छात्रवृत्ति दिनुपर्ने धारणा राखेपछि उक्त विषयमा समेत सहमति जुट्न सकेन ।

विधेयकको प्रतिवेदनलाई पास गर्नेगरी ५ भदौमा समितिको बैठक बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?